१० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन नजिकिँदै जाँदा तीन केन्द्रीय नेताले पार्टी छाडेका छन् ।
सहायक महामन्त्री हरिकृष्ण अधिकारी, केन्द्रीय सदस्यद्वय मधुसुदन केसी र सरस्वती पन्थी भुसालले राप्रपा परित्याग गरेका हुन् ।
तीन नेताले संयक्त विज्ञप्ति निकालेर पार्टी छोडेको घोषणा गरेका छन् ।
‘राप्रपामा समाहित हुनुको हाम्रो मूल उद्देश्य पार्टीको परम्परागत राजनीतिक अभ्यासलाई निरन्तरता दिनु थिएन,’ वक्तव्यमा भनिएको छ, ‘पार्टीभित्र नयाँ राजनीतिक संस्कार, सामूहिक नेतृत्व, पारदर्शिता र जवाफदेहिताको अभ्यास स्थापित गर्नसकिन्छ भन्ने विश्वास लिएका थियौं ।’
पार्टी छोड्ने निर्णय गरेपनि राजनीतिक विचार, मान्यताबाट अलग नभएको उनीहरूले प्रष्टीकरण दिएका छन् ।
प्रतिक्रिया 4