+
+
Shares

घटेको सेयर बजारमा बढे बैंकिङ र निर्जीवन बीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १५:१५

११ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १०.८९ अंक घटेको थियो ।

नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । ५९ कम्पनीको मूल्य बढ्यो भने २०३ को घट्यो । त्यस्तै १७ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज बैंकिङ र निर्जीवन बीमा समूह समूह मात्रै बढे । बैंकिङ ०.०७ तथा निर्जीवन बीमा ०.३० प्रतिशत बढे ।

विकास बैंक ०.७६, फाइनान्स ०.०४, होटल तथा पर्यटन ०.१४, जलविद्युत् ०.७४, लगानी ०.४१, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.६५, माइक्रोफाइनान्स ०.५२, अन्य ०.४४ तथा व्यापार ०.१७ प्रतिशत घटे ।

एनआईसी एसिया बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढ्यो । मान्डु हाइड्रोपावरको ४.७६, बेस्ट फाइनान्सको ४.३०, उपकार लघुवित्तको ३.१३, माथिल्लो मैलुङखोला जलविद्युतको ३.०६ प्रतिशत मूल्य बढ्यो ।

सोपान फर्मास्युटिकल्सको मूल्य ५.३७, युनिक नेपाल लघुवित्तको ४.६४, बेनी हाइड्रोपावरको ४.२७, भुजुङ हाइड्रोपावरको ४.२१, स्वस्तिक लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल तराईको मूल्य ३.४९ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, एनएमबी बैंक, साहस ऊर्जा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?