Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
‘लिम्पियाधुरामा अब कसले जनगणना गराउँछ ?’

३ मंसिर, काठमाडौं । २०१८ सालको राष्ट्रिय जनगणनामा नेपालको तर्फबाट जनगणना गराउने व्यक्ति भैरव रिसाल जिवितै छन् । २०७८ सालमा राष्ट्रिय जनगणना हुँदैछ । के अब २०७८ सालको जनगाणनामा लिम्पियाधुरा क्षेत्रमा पनि नेपालले जनगणना गराउँछ ?वरिष्ठ पत्रकार रिसाल पनि आफूले जनगणना गराएको लिम्पियाधुरा क्षेत्रमा जनगणना गराएको हेर्ने चाहना भएको बताउँछन् । उनलाई धेरैले सोध्छन्– त्यस्तो […]

१६ बुंदे घोषणा पत्र जारी गर्दै सकियो ‘न्यूज फेस्टिवल’

३ मंसिर, बुटवल ।  रुपन्देहीको लुम्बिनीमा आयोजित न्यूज फेस्टिवल १६ बुंदे घोषणा पत्र जारी गर्दै मंगलबार समापन भएको छ । ‘संघियतामा संचार, समृद्धिका लागि मोफसल नै मुलधार’ भन्ने नाराका साथ तीन दिने समाचार मेलाबाट बिभिन्न निश्कर्षसहित लुम्बिनी घोषणा पत्र सार्वजनिक गरिएको छ । घोषणा पत्रमा नेपालको राष्ट्रियता, एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकता प्रति सदैव राष्ट्रिय […]

समाज झक्झकाउने एउटा पैदल यात्रा

३ मंसिर, काठमाडौं । नेपाली समाजको जातीय र सांस्कृतिक विविधता गर्व गर्नलायक छ । तर, यही विविधताभित्र यदाकदा सुनिने अन्यायपूर्ण र अमानवीय विभेदका घटनाले सचेत नागरिकलाई पिरोल्छन् । खासगरी जातीय विभेदको अवशेष नेपाली समाजबाट पूर्ण रुपमा उखेलिन नसक्दा कथित दलित समुदायले बारम्बार आहत हुनुपर्छ । राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा पर्न नसके पनि जातीय उत्पीडनमा परेका जनताले […]

‘त्रिशुली थ्री ए’ उद्घाटनमा पहिलोपटक ओलीले गरे ‘स्मार्ट’ अभ्यास

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारबाटै स्वीच थिचेर माथिल्लो ‘त्रिशूली थ्री ए’ आयोजनाको उद्घाटन गरे । यो उद्घाटन शैली प्रधानमन्त्रीका लागि आफैंमा नयाँ प्रयोग थियो । नयाँ प्रयोग यस अर्थमा कि प्रधानमन्त्रीले स्वीच थिच्दा नुवाकोटको किस्पाङमा रहेको आयोजनाको विद्युत गृहको टर्वाइन आफैं चल्यो । सबैले सोचे, विगतमा जस्तै यता स्वीच थिचेको […]

पत्रकार भेला पारेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सम्हाले कार्यभार

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस संगठन र सम्वद्ध बिटमा काम गर्ने पत्रकार भेला गरेर आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा अनौपचारिक कार्यक्रमबीच थापाले औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी लिएका हुन् । थापालाई मन्त्रिपरिषदको शुक्रवारको बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको थियो । उनले प्रेस सल्लाहकारको काम […]

चिसो भुँइमा बसेर पढ्दै आएका बालबालिका नयाँ भवन पाएपछि दंग

३ मंसिर, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ की सवाना खातुनलाई विद्यालय आउँदा घरबाटै बोरा बोकेर आउनुपर्थ्यो । विद्यालयमा भुँइमा बसेर पढ्नुपर्ने कठिन परिस्थिति थियो । अब त्यसको अन्त्य भएको छ । उनीहरु बोरा घरमै छोडेर अब वेञ्चमा बस्न थालेका छन् । सवाना मात्रै होइन, लक्ष्मीपुर आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी दंग छन् […]

पक्राउ परे पत्रकार भण्डारी, एक घन्टाका लागि कारागार चलान

३ मंसिर, काठमाडौं । कञ्नपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त मुद्दाको विषयमा अदालतलाई प्रभावित पार्ने गरी समाचार लेखेको भन्दै उनीविरुद्ध नेपाल बार एशोसिएशन कञ्चनपुरले अवहेलना मुद्दा हालेको थियो । […]

उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो, भारतकै रहन्छ

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा पनि तरंग आएको छ । भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई स्थान दिएसँग भारतीयहरुमाझ पनि यो विषयले चर्चा पाउन थालेको हो । यसाबारे उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले मुख खोलेका छन् । मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र […]

बिजुलीको पोलपोलमा मेयरको तस्वीर

३ मंसिर, विराटनगर । सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर ६ का स्थानीयबासीले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्वीर बिजुलीको पोलमा टाँगेका छन् । ढल विच्छयाउनका लागि भत्काएको सडक दुई डेढ वर्षसम्म नबनेपछि स्थानीयले मेयरको तस्वीर पोलपोलमा टाँगेका हुन् । स्थानीयले मंगलबार बिहान कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिम तर्फ जाने बाटोका विजुलीको पोलहरुमा मेयरको […]

मंसिरदेखि माघसम्म गोरखा संग्रहालय साताभरी नै खुल्ने

३ मंसिर, गोरखा । बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै गोरखा संग्रहालय तीन महिनाका लागि साताभरी नै खुल्ने भएको छ । यस अघि मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द हुँदै आएको थियो । बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै मंसिरदेखि माघसम्म हरेक दिन संग्रहालय खोल्ने निर्णय गरिएको कार्यालयकी सूचना अधिकारी सुनिता भडेलले बताइन् । ‘असोजदेखि माघ […]

आलम प्रकरणमा कांग्रेसको जवाफ : कानून बमोजिम हुने कुरामा समर्थन हुन्छ

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको बताएको छ । बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून पालनामा पार्टी प्रतिवद्ध रहेको बताए । ‘हामीले सुरुदेखि नै भनेका छौं, कानून बमोजिम हुने कुरालाई सहयोग र […]

उपनिर्वाचन सरकारलाई सच्चिन दबाव दिने अवसर हो : कांग्रेस

३ मंसिर, काठमाडौं । नेपाली कांंग्रेेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताको हातमा अवसर आएको बताएका हुन् । ‘यो उपनिर्वाचन मतदाताका लागि अवसर हो,’ उनले भने ,’सच्चिनका लागि सरकारलाई दबाब […]

सडकले बिगारेको सडक

२ मंसिर, डोटी । गन्यापधुरा गाउँपालिका-२ मा रडुवा-कलारैमाडौं-वडाल सडक निर्माण हुँदैछ । मेसिनद्वारा कटिङ्ग भइरहेको सडकको माटो केआई सिंह राजमार्गमा थुपारिएको छ, नाली बन्द भएको छ । स्थानीय टेकबहादुर मल्ललाई आफ्नै जमीनबाट कटिङ्ग भइरहेको उक्त सडकको विषयमा जानकारी छैन । उनी सडक कसले काट्दैछ, कसको लगानी हो भन्ने विषयमा कुनै जानकारी नभएको बताउँछन् । ‘सडकले […]

नदी उत्खननको विषयमा प्रहरी र स्थानीयबीच झडप, तीन घाइते

३ मंसिर, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । नदी उत्खननको विषयलाई लिएर अवरोधमा उत्रिएका स्थानीयको माग सम्बोधन नगरी टिपरलाई सदरमुकामतर्फ लान खोजिएपछि झडप भएको स्थानीयले जनाएका छन् । सिसुवा खोलाबाट अवैध रुपमा ढुंगा, गिटी निकालिएको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपरलाई केही दिनदेखि रोकिराखेका थिए । मंगलबार बिहान […]

आयातित तरकारीमा विषादी जाँच्न अत्याधुनिक प्रविधि जडान गरिदैं

३ मंसिर, काठमाडौं । नेपालमा तरकारी र फलफूल आयात हुने भारत र चीनसँगको सीमानाकामा विषादी परीक्षण गर्न अत्याधुनिक प्रविधि जडान गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ वटा नाकामा त्यस्ता प्रविधि जडान गरिन लागेको हो । उपकरण खरिदका लागि प्रक्रिया अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]

प्रचण्डको सचिवालयले भन्यो-मन्त्रिपरिषद हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको छ । प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीकेा क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ । […]

आसामको काेठीबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

३ मंसिर, काठमाडौं । भारतको आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो । सिल्चारको सो काेठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा […]

अपुरो तरुण दलले गुजार्‍यो तीन वर्ष

३ मंसिर, काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको अध्यक्ष जितजंग बस्नेतले बताए । ‘हामीलाई हाम्रो कार्यसमितिको म्याद ६ महिना म्याद थप्ने अधिकार छ र त्यसको अनुमोदन नेपाली कांग्रेसले गर्ने प्रावधान रहेकाले हामी नै कन्टिन्यु […]

अनुभवी कुकको सुझाव– अत्यावश्यक छैन नेपाली खानामा प्याज

३ मंसिर, काठमाडौं । भाउ आकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज खान छोडेको समाचार विश्वव्यापी ट्रेन्डिङमा छ । भारतले निर्यात प्रतिबन्ध लगाएपछि बंगलादेशमा प्याजको मूल्य झण्डै आठ सय प्रतिशतले बढेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । आयातीत प्याज महँगो मूल्यमा किनेर खानुभन्दा प्याजबिनाको तरकारी खाने निर्णय प्रधानमन्त्रीले लिएकी हुन् । उनको निर्णयले नेपालीहरूलाई पनि प्रभावित […]

अपहरणको नाटक गर्ने तरुण दल बाँके कोषाध्यक्ष पक्राउ

३ मंसिर, काठमाडौं । तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । अमेरिकन आधुनिक हतियारसहित कात्तिक १४ मा पक्राउ परेका नेपालगञ्ज नगरसभापतिलाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा फरार रहेको आरोपमा खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।उनी अपहरण परेको भनेर फोन आएपछि प्रहरी टोली खोजीमा जुटेको […]

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोलाई सगरमाथा संवादको निम्तो दिएका छन् । युरोप भ्रमणमा रहेका मन्त्री पोखरेलले हाभिस्तोसँगको भेटवार्ताको क्रममा सगरमाथा संवादमा निम्तो दिएको उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट सगरमाथा संवाद २०२० आयोजना हुँदैछ । यसका लागि विभिन्न देशबाट आमन्त्रण गरिँदैछ । भेटवार्तामा […]