११ मंसिर, काठमाडौं । दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।
मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट सहसचिव नामराज घिमिरेको संयोजकत्वमा सरोकारवाला सम्मिलित अध्ययन समिति गठन गरिएको मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सचिव तामाङका अनुसार उक्त समितिले मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खला, बजारको अवस्था तथा सम्भावित विकृतिहरूको अध्ययन गर्नेछ ।
अध्ययनपश्चात् समितिले मूल्य स्थिरता, सहज आपूर्ति र उपभोक्ता हित संरक्षणका उपायसहित एक महिनाभित्र प्रतिवेदन पेस गर्ने उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4