+
+
Shares

सेवाग्राहीसँग घुस लिइरहेको भिडियो भाइरल भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते २०:१५

१२ मंसिर, काठमाडौं । सेवाग्राहीसँग आर्थिक लाभ(घुस) लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।

निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारू र नेपालगञ्जस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्का रहेका छन् ।

उनीहरूलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले कारबाही गरेको त्यहाँका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार दुवै जना ट्राफिक प्रहरी जवानले मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेको अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएका थिए ।

उक्त भिडियो मंसिर १० गते फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको डीएसपी बुढथापाले जनाएका छन् ।

कार्यालयले भिडियोमा संलग्न देखिएका दुवै प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार मंसिर ११ गतेदेखि लागु हुने गरी निलम्बन गरिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?