+

फेरि सर्‍यो १४औं दक्षिण एसियाली खेलकुदको मिति, अब २०२७ सेप्टेम्बरमा

२०८३ मंसिर  १२ गते ८:१२ २०८३ मंसिर १२ गते ८:१२

१२ मंसिर, काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ।

पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको जनाएको छ।

यसअघि १४औं साग सन् २०२७ अप्रिल ३ देखि ११ अर्थात् २०८३ चैत २० देखि २८ गतेसम्म आयोजना गर्ने तय भएको थियो। तर, छैटौं एसियाली इन्डोर तथा मार्सल आर्ट्स गेम्सको मिति पुनःनिर्धारण भएपछि त्यसलाई ध्यानमा राख्दै सागको मिति पनि सारिएको हो।

खेलाडीको हित र कल्याणलाई प्राथमिकतामा राख्दै दुवै प्रतियोगितामा खेलाडीले सहभागिता जनाउन सक्ने अवसर सुनिश्चित गर्न नयाँ मिति तय गरिएको पाकिस्तान ओलम्पिक संघले जनाएको छ।

दक्षिण एसियाली एनओसीहरूबीच भएको सहमतिले क्षेत्रीय ओलम्पिक आन्दोलनमा एकता र सहकार्यको भावना प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ।

पाकिस्तान ओलम्पिक संघले सहकार्य र समर्थनका लागि दक्षिण एसियाका अन्य एनओसीप्रति आभार व्यक्त गर्दै सन् २०२७ सेप्टेम्बरमा खेलाडी, पदाधिकारी तथा प्रतिनिधिमण्डललाई पाकिस्तानमा स्वागत गर्न आतुर रहेको जनाएको छ।

१४औं दक्षिण एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय