+
+
Shares

शशांकको आह्वान- महाधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध बनाउन जुटौं 

डा. शशांक कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १७:५३

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षीय १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक भएको बताएका छन् ।

१५औं नियमित महाधिवेशनअन्तरगत रौतहट जिल्लाको अधिवेशन उद्घाटन गर्दै उनले आफूहरू नै आधिकारिक कांग्रेस भएकाले महाधिवेशन सम्पन्न गर्न लागेको बताए ।

संयोजक कोइरालाले नेपालमा अहिलेको अर्थतन्त्रको जग कांग्रेस नेतृत्वको २०४८ सालको सरकारले तयार पारेको बताए । उनले आर्थिक तथा बहुदलीय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बसाएको उल्लेख गरे ।

‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँ–गाँउमा बाटो, बिजुली, शिक्षा, स्वस्थ्यको आधारशीला तयार पारेको हो,’ कोइरालाले भने, ‘त्यही सरकारले विश्वविद्यालयको संख्या, एयरलाइन्सको संख्या वृद्धि गरेको हो ।’

कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य बनेको कोइरालाको भनाइ थियो । पार्टीले बोकेको आदर्श, सिद्धान्त राम्रो भएका कारण साथीहरू सबै समेटन सके कांग्रेस बलियो बन्ने बताए ।

‘त्यसैले कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ,’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?