९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् ।
निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
बुधबार देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुकलगायतको बैठकअघि कोइराला र निधिबीच भेटवार्ता भएको थियो ।
स्रोतका अनुसार डा. कोइरालालाई देउवा समूहको संयोजक बन्न सघाएको भन्दै निधिले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
संयोजक कोइरालाले भने केही प्रतिक्रिया नजनाएको कोइरालानिकट एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
कांग्रेसको देउवा समूहले यही मंसिर २१, २२ र २३ गते महाधिवेशनको गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4