+
+
Shares

सरकारविरुद्ध थाल ठटाएर सुकुमवासीको विरोध (तस्वीरहरू)

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले थाल ठटाएर सरकारको विरोध गरेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ मंसिर ११ गते १४:००

११ मंसिर, काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले थाल ठटाएर सरकारको विरोध गरेका छन् ।

सरकारले आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न सरकारले अल्टिमेटम दिएपछि त्यसको विरोधमा सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

गत वैशाखमा नदी किनाराबाट विस्थापित गरिएका सुकुमवासीलाई उपत्यकाका तीन ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

काठमाडौंको नागार्जुन, भक्तपुरका दुई स्थान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि सुकुमवासीहरू बसिरहेका छन् ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट हटाएका सुकुमवासीलाई ती स्थानमा राखिएको छ ।

बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेकाहरूलाई ठाउँ खाली गर्न उर्दी जारी गरेपछि सुकुमवासीहरू भयभित र आक्रोशित बनेका छन् । उनीहरुले आज रित्ता थाल ठटाएर प्रदर्शन गरेका छन् ।

   

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?