+
+
Shares

प्रचण्डको आरोप- सरकार मुलुकका उपलब्धि र जनअधिकारमाथि प्रहार गरिरहेको छ

मजदुर, सुकुमवासी, कर्मचारी, विद्यार्थी, शिक्षकसँगै सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल, त्रास र दबाबको वातावरण देखिएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १८:४४

१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए ।

मजदुर, सुकुमवासी, कर्मचारी, विद्यार्थी, शिक्षकसँगै सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल, त्रास र दबाबको वातावरण देखिएको उनले बताए ।

प्रचण्डले तत्कालको मात्र नहेरी दीर्घकालीन दृष्टिकोणसहित देशभित्र संयुक्त मोर्चा र देशभक्त शक्तिहरूको सहकार्य आवश्यकतामा जोड दिए ।

उनले नेपालमा वामपन्थी जनमत ठूलो भए पनि त्यसलाई एकताबद्ध नगरी समाजवादको ढोका खोल्न नसकिने टिप्पणी गरे । अघिल्लो एकता जोगाउन नसकिए पनि साना–ठूला कम्युनिस्ट घटकलाई जोड्ने र सकारात्मक तथा रचनात्मक संवादबाट अन्य पक्षलाई समेत एकता र ध्रुवीकरणमा ल्याउने प्रयास जारी रहेको उनले बताइ ।

विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामा केन्द्रित हुने दिशामा सहकार्य र संवाद भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?