+
+
Shares

भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन

सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको आलोचना गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १८:०४

१२ मंसिर, काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार भक्तपुर नगरपालिका– १ मा आयोजित कार्यक्रममा उनले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन सकिने बताएका हुन् ।

उनले भक्तपुरमा तुलनात्मक रूपमा सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगति भइरहेको पनि बताए ।

भक्तपुरको पहिचान क्षेत्रले मात्र नभई यहाँका जनताको इमानदारी, अनुशासन र सचेतनाले बनेको उनको टिप्पणी थियो ।

निर्वाचनमा बहुमत आउनुले मात्र सबै कुरा सही नहुने तर्क गर्दै राजनीतिक निर्णय र त्यसको दीर्घकालीन प्रभावबारे सोच्नुपर्ने नगरप्रमुख प्रजापतिले बताए ।

सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने प्रवृत्तिको आलोचना गरे ।

प्रजापतिले विगतमा काठमाडौंको रानीपोखरी पुनर्निर्माण तथा अन्य स्थानका काममा भक्तपुरको नेतृत्व र जनशक्ति परिचालन गरी सफलता हासिल गरिएको अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?