+
+
Shares

हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)

हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नसल चोकमा नाच देखाइएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ मंसिर १२ गते १७:३२

१२ मंसिर, काठमाडौं । हनुमानढोका दरबारको नसलचोक डबलीमा शनिबार नरदेवी श्वेतकाली(ङतभुलु अजिमा)को परम्परागत नाच देखाइएको गरिएको छ ।

हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नसल चोकमा नाच देखाइएको हो ।

शनिबार नाचको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पत्नीसहित नसलचोकमा पुगेका थिए । राष्ट्रपतिबाहेक काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल, कांग्रेस सभापति गगन थापा पनि नाच हेर्न पुगेका थिए ।

यसवर्ष मंसिर ९ गतेबाट सुरु भएको नरदेवीको श्री श्वेतकाली घ:छे बाट आरम्भ भएको थियो । सो नाच त्यसपछि तलेजु भवानी मन्दिर परिसर, कुमारी घरअगाडि रहेको डबलीमा पनि देखाइकाइएको थियो ।

यस नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी, महादेव गरी १९ देवीदेवता हुन्छन् ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?