१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा पुगेका छन्।
महिला बास्केटबलको फुल कोर्ट (५×५) र थ्री एक्स थ्री (३×३) विधामा चार टोली फाइनलमा पुगेका हुन्।
शनिबार बिहान भएको फुल कोर्टको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गर्यो। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ अंकले हरायो।
यससँगै आर्मी र एपीएफ फाइनलमा पुगेका छन्। पुलिस र सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएका छन्।
थ्री एक्स थ्री विधामा कर्णाली प्रदेशले एपीएफलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान बनायो। त्यस्तै, त्रिभुवन आर्मीले बागमती प्रदेशलाई १५–४ अंकले हराउँदै फाइनलमा प्रवेश गर्यो।
यस विधामा बागमती र एपीएफ प्रतियोगिताबाट बाहिरिएका छन्।
प्रतिक्रिया 4