+
१०औं राष्ट्रिय खेलकुद :

महिला क्रिकेटमा लिग चरणका खेल सम्पन्न, सुदूरपश्चिम सेमिफाइनलमा

२०८३ मंसिर  १२ गते १७:०७ २०८३ मंसिर १२ गते १७:०७

१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको लिग चरणका खेल सम्पन्न भएका छन्। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ।

सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक जोडे पनि नेट रनरेटका आधारमा सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो। यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेका थिए।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनाएको थियो। उसका लागि सिमाना केसीले सर्वाधिक ४० रन बनाइन्। ३४ बल खेलेकी उनले ३ चौका प्रहार गरिन्। सम्झना पौडेलले अविजित ३८ रनको योगदान दिइन्।

ओपनर दीपिका सापकोटा शून्यमा आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङले ४ तथा चन्द्रमाया बराल र कुशुम गोदारले समान १ रन जोडे। सुदूरपश्चिमकी स्नेहा महराले २ विकेट लिँदा अनु कडायत, करिष्मा थापा र यशु पाण्डेले १–१ विकेट लिए।

११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले अनु कडायतको उत्कृष्ट ब्याटिङमा जित हासिल गर्‍यो। अनुले ३३ बलमा २ छक्का र ७ चौकासहित महत्वपूर्ण पारी खेलिन्। मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजियाले ८, स्नेहा महराले २ र ममता बोहराले १ रन बनाइन्।

गण्डकीका लागि दीपिका सापकोटाले ४ र चन्द्रमाया बरालले १ विकेट लिए।

१०औँ राष्ट्रिय खेलकुद महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय