+
+
Shares

बालेनलाई स्वागत गर्दै राज्यमन्त्रीले भने– यो भ्रमणले दुई देशको सम्बन्धलाई अझै ऊर्जा थप्नेछ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १८:११

६ मंसिर, काठमाडौं । दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई स्वागत गरेको तस्वीर सेयर गर्दै उनले आफूले स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई भारतको नयाँ दिल्लीमा औपचारिक भ्रमणका क्रममा स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘तपाईंको यो पहिलो भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई नयाँ गति र ऊर्जा प्रदान गर्नेछ ।’

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो । बालेनले आजै केहीबेरपछि भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्दैछन् ।

त्यस्तै, उनले भोलि समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?