+
+
Shares

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट वार्ता

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य कार्यक्रम तय भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १८:५९

६ मंसिर, नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए ।

उनीहरूबीच भेटवार्ता सकिएको छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ ।

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य कार्यक्रम तय भएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?