+
+
Shares

एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते ९:३७

६ मंसिर, काठमाडौं । एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्।

रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग हुआङको सम्बन्ध रहेको आरोपबारे सांसदहरूले अनुसन्धान गरिरहेका छन्।

न्युयोर्क टाइम्सको एक रिपोर्टपछि हुआङमाथि अमेरिकी सांसदहरूको ध्यान झन् बढेको छ। ती महिलासँग हुआङको प्रेम सम्बन्ध रहेको उक्त रिपोर्टमा उल्लेख छ। यस घटनाले चीनमा एनभिडियाका अत्याधुनिक एआई चिप्स निर्यात गर्ने विषयमा प्रश्नहरू खडा गरेको छ।

यदि योजना अनुसार नै सुनुवाइ अगाडि बढ्यो भने यो हुआङको पहिलो सार्वजनिक बयान हुनेछ। उनले नोभेम्बर १२ मा एनभिडियाको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका थिए।

हुआङका एक प्रवक्ताले यस सुनुवाइबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। स्कटको कार्यालयले सुनुवाइको मिति सार्वजनिक गरेको छैन। यद्यपि सिनेटरले सुरुमा पठाएको अनुरोधमा हुआङलाई डिसेम्बर ३ मा उपस्थित हुन भनिएको थियो।

हुआङले छुट्टै रूपमा तीनवटा हाउस कमिटीहरूसँग बन्द कोठामा अन्तर्वार्ता दिन पनि सहमति जनाएका छन्। उक्त अन्तर्वार्ता डिसेम्बर १ का लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?