५ मंसिर, काठमाडौं । एमसीसी अन्तर्गत एमसीए-नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभि दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु गरेको छ । तनहुँ र पाल्पा जिल्लाबाट निर्माण प्रारम्भ गरिएको हो ।
एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने ३१५ किमि लामो प्रसारण लाइनमध्ये ९० किमि लामो यो खण्ड अन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण हुनेछन्।
यो वृहत् विद्युत् प्रसारण सञ्जालले नेपालको ऊर्जा सुरक्षा सबलीकरण गर्नुका साथै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4