+

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

२०८३ मंसिर  ६ गते ७:०८ २०८३ मंसिर ६ गते ७:०८

६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।

समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।

नेपाल रहेको समूह बीमा इन्डियासहित पाकिस्तान र यूएई रहेका छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो पौने ४ बजेदेखि हुँदैछ ।

एसिया कप राइजिङ स्टार नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय