+
+
Shares

सर्वोच्चको आदेश- महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्नू

इनम सापकोटासँगको कारोबार देखिएको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १७:२५

४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले महेश श्रेष्ठको थुनासम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले न्यायप्रशासनबाट नै निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार गर्ने) आदेश बदर गरेको हो ।

यशोदा श्रेष्ठले आफ्ना पति महेशलाई सरकारले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । अदालत प्रशासनले सम्बन्धित मुद्दा हेर्ने अदालतबाट पक्राउको अनुमोदन भएको र म्याद समेत थप भएको भन्ने आधार देखाएर रिट निवेदन दर्ता गर्न अस्विकार (दरपीठ) गरेको थियो ।

त्यही दरपीठविरुद्धको निवेदनमा न्यायाधीश निरौलाको इजलासले दरपीठ आदेश बदर गरेको हो ।

आदेशमा भनिएको छ, ‘यस रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा, मिसिल कागजात हेरी इजलासबाटै निरुपण हुन उपयुक्त देखिएकाले बन्दीप्रत्यक्षीकरणको दर्ता गर्न ल्याएको रिट निवेदन दरपीठ गरेको आदेश वेरिताको देखिदा बदर गरिदिएको छ ।’

राज्यका महत्वपूर्ण निकायका पदाधिकारीहरूको नाम दुरुपयोग गरेर आपराधिक लाभका क्रियाकलाप गरेको आरोपमा झापाका इनम सापकोटा पक्राउ परेका थिए ।

तिनै इनम सापकोटासँगको कारोबार देखिएको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?