News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले बिचौलिया इनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।
- प्रहरीले १४ असोजमा सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।
३ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले अदालतले ७ दिन म्याद थप गरेको पुष्टि गरे ।
उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । १४ असोजमा प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । उनीमाथि अनुसन्धान गर्दा भट्ट र श्रेष्ठको कनेक्शन देखिएपछि उनीहरू पनि पक्राउ परेका हुन् ।
प्रतिक्रिया 4