१९ कात्तिक, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा रहनुले सत्ताको चरम दुरुपयोगका साथै प्रमाण नष्ट हुने आशङ्का देखिएको बताएकी हुन् ।
उनले सुशासनको नारा दिएर आएको सरकारले कानुनी र नैतिक हिसाबले यसको जवाफ दिनुपर्ने उल्लेख गरिन् ।
प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निजी निवासमा पुग्नु, म्यासेज डिलिट हुनु, स्क्यान गरिनु जस्ता विषयहरू गम्भीर रहेको उनले बताइन् ।
‘यस विषयमा जोडिएका व्यक्तिहरूमाथि छानविन हुनुपर्छ,’ उनले भनिन् ।
अर्यालले नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको एक व्यावसायिक, स्वतन्त्र संस्था भएकाले यसमाथिको हस्तक्षेपले शान्ति सुरक्षालाई कमजोर बताइन् ।
अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहीता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् ।
प्रतिक्रिया 4