१३ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट(सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक)मा इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको बारेमा छलफल भएको छ ।
शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
त्यसको जवाफमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले आफ्नो भनाइ राखेका थिए । न्यायाधीशहरूले विवरण सार्वजनिक भइसकेपछि त्यसबारेमा अध्ययन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए ।
तर सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विदेश भ्रमणमा रहेको अनि न्यायाधीश अब्दुल अजीज मुसलमान पनि बिदामा रहेकाले सोमबार फेरि विस्तृत रुपमा फूलकोर्टको बैठक डाक्ने सल्लाह भएको एक न्यायाधीशले बताए ।
उनले भने, ‘सोमबार सबै उपस्थित भएपछि फूलकोर्ट डाक्ने र यसबारे विस्तृत छलफल गर्ने कुरा भएको छ ।’
प्रतिक्रिया 4