+
+
Shares

इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

इनमसँगै म्याद मिलान

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
  • काठमाडौं जिल्ला अदालतले इनम सापकोटाकै म्याद मिलान गर्दै श्रेष्ठलाई ५ दिनको म्याद दिएको छ।
  • श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् र उनलाई शनिबार कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको थियो।

१ मंसिर, काठमाडौं । विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । काठमाडौं जिल्ला अदालतले श्रेष्ठविरुद्ध इनम सापकोटाकै म्याद मिलान गर्दै ५ दिनको म्याद दिएको हो ।

श्रेष्ठ शनिबार पक्राउ परेकाले सोही मितिदेखि गणना गर्दा उनी बुधबारसम्म हिरासतमा बस्नेछन् । त्यसपछि बिहीबार फेरि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्ने हुन्छ ।

इनमसँग कनेक्सन देखिएका श्रेष्ठको सम्बद्ध कसुरलाई भने इनमकै सुरुवाती कसुरसँग जोडिएको छ ।

‘एउटा व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेकोमा त्यही व्यक्तिसँग जोडिएर कारोबार गरेको देखिएकाले प्रथम व्यक्तिकै कसुरलाई सम्बद्ध कसुरको रूपमा मानिन्छ,’ एक अनुसन्धान अघिकारीले भने ।

इनमलाई भने प्रहरीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई सम्बद्ध कसुरको रुपमा लिएको छ । अहिले म्याद लिइएका श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् ।

उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो । सापकोटा र इनमबीच कारोबार देखिएन केही चेकका फोटाहरू आदानप्रदान प्रदान भएको देखिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?