+
+
Shares

च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राष्ट्रिय भेला र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न सुरु भएको छ।
  • एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन्।
  • भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र निर्वाचित जनप्रतिनिधिको सहभागिता रहनेछ।

१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

एमालेले गर्न लागेको राष्ट्रिय भेला लगायतका विषयमा छलफल गर्नका लागि आजको बैठक बसेको हो ।

एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?