+
+
Shares

‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्।
  • पोखरेलले राष्ट्रिय भेला नयाँ निर्णय गर्ने निकाय नभई यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउने मञ्च भएको स्पष्ट पारे।
  • उनले नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा मात्र सुरक्षित रहने बताए।

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भेलाको मुख्य उद्देश्य नयाँ निर्णय गर्नुभन्दा पनि यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट पारे।

राष्ट्रिय भेला नीति निर्माण वा निर्णय गर्ने निकाय नभई भइसकेका निर्णयलाई पार्टीका सबै तहसम्म पुर्‍याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने मञ्च भएको उनको भनाइ छ।

पोखरेलका अनुसार नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा मात्र सुरक्षित रहन्छ।

महासचिव पोखरेलले भने, ‘राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन। यो पार्टीले यसअघि गरेका निर्णयहरूलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिङ्गो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो।‘

उनले थपे, ‘नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीलाई हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?