News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको देउवा समूहले धादिङका डा. अमितसिंह कार्कीलाई प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा मनोनीत गरेको छ।
- देउवा समूहको १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले विधानको धारा ४२(१) बमोजिम कार्कीलाई मनोनीत गरेका हुन्।
- कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यादेश दिइएको छ।
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षमा मनोनीत गरेका हुन् ।
उनलाई विधानको धारा ४२ (१) बमोजिम चिकित्सक संघको अध्यक्षमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । डा. कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यादेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4