News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ।
- पार्टी सचिव महेश बस्नेतका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन्।
- एमालेले भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।
३० कात्तिक, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी सचिव महेश बस्नेतका अनुसार, भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ । सोही भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी पनि गराएको थियो ।
एमालेको दाबी अनुसार, राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।
पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4