+
+
Shares

पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द

पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १७:१२

४ मंसिर, काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राजमार्गको घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माणका लागि सवारी आउजाउ बन्द गर्न लागिएको हो।

‘बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म अर्को सूचना नभएसम्मका लागि पृथ्वीराजमार्गमा सवारी आउजाउ बन्द रहनेछ,’ उनले भने, ‘घोप्टेभिरलगायत क्षेत्रमा सडक मर्मत तथा निर्माणको काम गर्न लागिएको हो।’

उनले कति दिनसम्म दैनिक ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकिने भन्ने टुंगो नलागेको बताए। घोप्टेभिर क्षेत्रमा सडक निर्माण जारी रहँदा पोखरातिरबाट आएका सवारीलाई आँबुखैरेनीमै रोकिनेछ। त्यस्तै नारायढगढ हुँदै आउने सवारीलाई जुगेडी र आँपटारीमा रोकिने उनको भनाइ छ। त्यस्तै केही सवारीलाई रमाइलो डाँडामा रोकिनेछ। मुग्लिन बजारमा भने सवारी नरोकिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?