News Summary
Generated by OK AI. Editorially reviewed.- घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वीराजमार्गको यातायात आज दिउँसो २ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
- इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा केही दिनयता लगातार सुख्खा पहिरो खस्दै आएको र आइतबार रातिदेखि क्रम बढेको थियो।
- सडक खुले पनि सवारी चापका कारण पृथ्वीराजमार्गमा लामो जाम लागेको छ।
२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको हो। नागढुंगा-मुग्लिन सडक योजनाको यस खण्डमा विगत केहीदिनयता लगातार सुख्खा पहिरो खसिरहेको थियो। आइतबार रातिदेखि पहिरो खस्नेक्रम बढेको थियो।
सोमबार बिहान पनि दिनभरजसो राजमार्ग भएर यात्रा गरेका यात्रुले पहिरोका कारण सास्ती भोग्नु परेको थियो। त्यस्तै आज मंगलबार पनि यात्रुहरूले उस्तै सास्ती भोगेका छन्। अहिले सडक सञ्चालनमा आए पनि सवारी चापका कारण राजमार्गमा लामो जाम लागेको छ।
सबै तस्वीर- सन्त गाहा मगर/अनलाइनखबर

प्रतिक्रिया 4