+
+
Shares

मोहन बस्नेतको आरोप– कांग्रेस आधिकारिकतामा १८ करोडको विषय ट्रेलरमात्रै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १६:५६

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता मोहनबहादुर बस्नेतले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका छन् ।

देउवा समूहको कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका हुन् ।

‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छ भन्ने कुरा आज ब्यापक भइसकेको छ । मैले त भनेको छु, यो १८ करोडको कुरा टे«लरमात्रै हो,’ बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रालयमा मात्रै खोज्ने हो भने दर्जन–दर्जन मुद्दा लाग्ने केसहरू धेरै छन् ।’

नेता बस्नेतले कांग्रेसको आधिकारिकतामा मुछिएका र मुछ्नेमध्ये कोही एकलाई कारबाही हुनुपर्ने जिकिर गरे ।

‘अरू छानबिन हुँदै जाला, छानबिन के कुरामा गर्नु पर्‍यो भने त्यो १८ करोडको जसले कुरा गर्‍यो कि उसलाई कारबाही गर्नु पर्‍यो,’ उनले भने, ‘कि तीन करोडवालाले बेञ्च बहिष्कार गरेको जसरी बसेको छ । त्यहाँ कारबाही हुनु पर्‍यो । कि चैं १८/१८ करोड को बाट जितौरी पाएर त्यहाँ खर्च गरेको हो, उसलाई कारबाही गर्नु पर्‍यो । कसै न कसैलाई त कारबाही गर्नु पर्‍यो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?