+
+
Shares

२८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा लिन्छ : मोहन बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्रको गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिनुभएको छ ।
  • नेता बस्नेतले तोकिएको समयभित्र नेतृत्वले निकास नदिएमा २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभएको छ ।
  • उहाँले कांग्रेसलाई थप सशक्त र एकताबद्ध बनाउँदै निरंकुश प्रवृत्ति रोक्नु आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिइएको बताएका हुन् ।

नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी पनि दिए ।

‘मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो । मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ । यदि २८ गतेसम्म गगन थापा जीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिनसक्छ त्यो २९ गतेबाट शुरुवात हुन्छ,’ नेता बस्नेतले भने ।

मुलुकमा बढ्दै गएको निरंकुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिको रूपमा स्थापित गर्नुको विकल्प नरहेको उनले बताए ।

‘काँग्रेस फुटाउन होइन, कांग्रेसलाई अझ बलियो र एकतावद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहनुभएको छ । यदि निर्धारित समयसम्म निकास निस्किएन भने पार्टीले नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले देशभर चलिरहेको यस अभियानलाई आफ्नो–आफ्नो जिल्लामा युवाहरूले एकीकृत रूपमा अघि बढाउनु नै आजको कार्यक्रमको मुख्य उद्देश्य हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?