+
+
Shares

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग

सांसद् काउचाले भनिन्– तपाईं एक्लो हुनुहुन्न, प्रतिपक्षी साथमै छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिन सभामुखसमक्ष रुलिङको माग गरेको छ।
  • सांसद रेनुका काउचाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन र पदको गरिमा जोगाउन सदनमा उपस्थित हुन आग्रह गरिन्।
  • काउचाले राष्ट्रिय हित र सीमाका विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने भन्दै सरकारलाई प्रतिपक्षको साथ रहने प्रतिबद्धता जनाइन्।

२५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ ।

कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ माग गरेर आफूहरूले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन खोजेको तर्क गरिन् ।

‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्,’ उनले भनिन्, ‘हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं ।’

साथै, उनले प्रधानमन्त्री शाह एक्लै नभएको भन्दै प्रतिपक्ष सधैं साथमै उभिने प्रतिबद्धता जनाइन् ।

‘प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्नँ, मुलुकको हितमा तपाईं अघि बढ्नुस् । प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,’ उनले भनिन्, ‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन । सचिवालयले मात्रै देशको शासन चल्दैन ।’

दैनिक संसद्मा उठिरहेको सीमासम्बन्धी प्रश्नको जवाफ अनिवार्य प्रधानमन्त्री शाहले दिनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?