+
+
Shares

प्रदेशमा विपक्षी नै नराखी सरकार बनाउनु ठिक हुँदैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा सबै दल मिलेर प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् ।
  • थापाले लोकतन्त्र र संघीयताको मूल्य मान्यता विपरीत हुने भएकाले कांग्रेसले संयुक्त सरकारको प्रस्तावमा सहमति नजनाएको स्पष्ट पारे ।
  • उनले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा एमालेसँग सहमति भए पनि संयुक्त सरकारबारे कुरा नमिल्दा सो निर्णय नभएको बताए ।

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् ।

उनले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि कांग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताए ।

उनले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण कांग्रेसले अस्वीकार गरेको बताए ।

उनले भने, ‘हामी प्रदेशमा सरकारमा छौँ । केही ठाउँमा अहिले छैनौँ । हामी नेकपा एमालेसँग एउटा सहमतिमा थियौँ सात वटै प्रदेशमा । मधेश प्रदेशमा विशिष्ट अवस्था थियो । त्यहाँ नेकपा, कांग्रेस र एमालेको संयुक्त सरकार थियो । पहिले आदरणीय नेता शेरबहादुर देउवा पार्टी सभापति हुँदै गर्दा उहाँ र एमालेका अध्यक्षबीचमा हस्ताक्षर भएर सरकार बन्दैगर्दा निश्चित समयपछि कांग्रेस भएको ठाउँमा एमाले र एमाले भएको ठाउँमा कांग्रेसले नेतृत्व गर्ने भन्ने सहमति भएको रहेछ । त्यही समझदारीअनुसार गर्ने भनेर हामीबीच छलफल भयो ।’

उनले थपे, ‘हामीलाई के प्रस्ताव गरियो भने सबै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव रह्यो । त्यो प्रस्ताव हामीले मानेनौं । प्रदेशमा अपोजिसन नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन । यो पार्टीं, संघीयता र लोकतन्त्रको लागि पनि ठिक छैन ।’

उनले संघीय सरकार र प्रतिपक्ष भूमिकामा रहेको प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?