News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र आफूलाई तर्साउन वा दबाउन खोजिए पनि नतिर्सिने र नदबिने स्पष्ट पारेका छन्।
- थापाले आफू विधानको सीमाभित्र रहेर पार्टीका चार पुस्तालाई जोड्ने अभियानमा निरन्तर क्रियाशील रहेको दाबी गरे।
- पार्टीको १५ औं महाधिवेशन आगामी असोजमा हुने र त्यसअघि क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको उनले जानकारी दिए।
२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा आफूलाई तर्साउन खोजे पनि आफू नतिर्सिने बताएका छन् । आइतबार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी विधानको सीमाभित्र रहेर सबैलाई जोड्ने अभियानमा आफू रहेको दाबी गरेका हुन् ।
‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्नँ। दबाएर म दबिन्न। फकाएर फकिन्नँ। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई जोडेर लैजाने हो, ‘ उनले भने, ‘चार पुस्ता छन् यो पार्टीमा। नेताहरूप्रति ठूलो सम्मान छ, सबैलाई जोडेर लैजानुपर्छ, सबैसँग संवाद भइरहेको छ।’
उनले पार्टीका नेताहरूले आफूप्रति निन्दा गरेको भन्दै थपे, ‘कहिलेकाहीँ मेरै पार्टीका साथीहरूले मप्रति प्रयोग गर्नुभएको शब्दहरू निन्दाहरूको बारेमा आश्रयस्थलमा परिवारले कुरा गर्नुहुन्छ, सामाजिक सञ्जाल यस्तै हुन्छ यसले निन्दाका बारेमा धेरै बताउँछ, मलाई माया गर्ने मानिस तल गाउँ र टोलमा छरिएर बसेका छन्। उनीहरूले मलाई माया नगरेको भए घेराबन्दीका बीच म बाँचेर आउँदैनथेँ। मलाई उनीहरूले धेरै माया गरेका छन्।’
त्यस्तै थापाले १५ औं महाधिवेशन असोजमा हुने बताउँदै क्रियाशील सदस्यता अध्यावधिकमा बाँकी रहेकालाई जोड्ने तथा केही तहको अधिवेशन तालिका फेरिने पनि बताए ।
प्रतिक्रिया 4