+
+
Shares

विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न फेरि अवसर प्राप्त गरेका छौं : गगन थापा

विशेष महाधिवेशनको वैधानिकता महाधिवशेन हल, निर्वाचन आयोग, अदालतले पुष्टि गरिसकेको र फेरि यसको पुष्टि गर्नुपर्ने अवस्था आएको हुँदा पुन: पुष्टिका लागि अवसर आएको थापाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैधानिक प्रक्रिया पुर्‍याएर नै विशेष महाधिवेशन बोलाइएको बताए ।
  • थापाले संवैधानिक र विधानको बाध्यताका कारण आगामी मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।
  • क्रियाशील सदस्यता वितरणको काम करिब टुंगिएको जानकारी दिँदै थापाले सबै पक्षलाई समेटेर महाधिवेशन गरिने प्रतिबद्धता जनाए ।

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनका प्रतिनिधिको अधिकारका आधारमा विशेष महाधिवेशन गरिएको र विशेष महाधिवेशन आवश्यक भएरै गरिएको बताएका छन् ।  महाधिवेशनका सार्वभौम प्रतिनिधिको अधिकारको आधारमा विशेष महाधिवेशन गरिएको उनले बताए ।

विशेष महाधिवेशनको वैधानिकता महाधिवशेन हल, निर्वाचन आयोग, अदालतले पुष्टि गरिसकेको र फेरि यसको पुष्टि गर्नुपर्ने अवस्था आएको हुँदा पुन: पुष्टिका लागि अवसर आएको थापाले बताए ।

‘बडो शानका साथ हामीले वैधानिकताका लागि दाबी गर्छौं,’ थापाले भने ।

मंसिरभित्र १५औं महाधिवेशन गर्नैपर्ने बाध्यतात्मक अवस्था रहेको सभापति थापाले बताए ।

कांग्रेसले असोजको दोस्रो साता नियमित महाधिवेशनको समय तोकेको छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा सभापति थापाले तोकिएकै समयमा महाधिवेशन हुने जानकारी गराए ।

मंसिरभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक र विधानको वाध्यता रहेको उनले बताए । महाधिवेशनमा सबै पक्षलाई समेट्न आफूले हरसम्भव प्रयत्न गर्ने बताए ।

‘तोकिएको समयभित्र महाधिवेशन गर्नका लागि सबैलाई समेट्ने गरी विधानको सीमाभित्र रहेर हदसम्म प्रयास गरेको छु, गर्छु ।’

क्रियाशील सदस्यता करिब टुंगिएको सभापति थापाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?