+

नेपालको खेल इतिहास देखाउने प्रदर्शनी (फोटो फिचर)

२०८३ साउन  २१ गते १८:४७ २०८३ साउन २१ गते १८:४७
२०२२ सालमा पहिलो पटक दशरथ रंगशाला निर्माण सुरु हुँदाको अवस्था ।

२१ साउन, काठमाडौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा खेलकुदसम्बन्धी फोटो प्रदर्शनी गरिएको छ । नेपाल ओलम्पिक संग्रहालयले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा प्रदर्शनी गरिएको हो । प्रदर्शनी साउन १९ गतेदेखि २१ गतेसम्म चलेको थियो ।

‘बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षक दिइएको यस प्रदर्शनीको उद्देश्य नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्द्धन गर्नु रहेको बताइएको छ ।

प्रदर्शनीमा नेपाली खेलकुद र खेलाडीसँग जोडिएका तस्बिर, पदक, ट्रफी, खेल पोसाक, स्मृति चिह्न राखिएका थिए ।

यस प्रदर्शनीको आयोजक संस्था नेपालको एकमात्र खेलकुद संग्रहालय हो । यसलाई दक्षिण एसियाकै पहिलो र एकमात्र ओलम्पिक संग्रहालयसमेत भनिन्छ । संस्थाले खेल तथा खेलाडीसँग सम्बन्धित तस्वीर, ट्रफी, पदक, जर्सीलगायत ऐतिहासिक सामग्रीको अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

प्रदर्शनीले नेपालको खेलकुद इतिहासलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्‍यो ।

फोटो : विकास श्रेष्ठ

खेल खेलकुद इतिहास फोटो प्रदर्शनी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय