+

क्रिस्टियन नोर्गार्ड आर्सनलबाट एभर्टनमा आबद्ध

२०८३ साउन  २१ गते १२:२२ २०८३ साउन २१ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेनमार्कका मिडफिल्डर क्रिस्टियन नोर्गार्ड आर्सनल छाड्दै दुई वर्षको सम्झौतासहित एभर्टनमा आबद्ध भएका छन् ।
  • मिडिया रिपोर्टका अनुसार एभर्टनले ३२ वर्षीय नोर्गार्डलाई भित्र्याउन करिब ७ मिलियन पाउन्ड खर्च गरेको छ ।
  • प्रशिक्षक डेभिड मोयसको योजनाबाट प्रभावित भएको बताउँदै नोर्गार्डले एभर्टन सही दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन् ।

२१ साउन, काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन नोर्गार्ड आर्सनलबाट एभर्टनमा आबद्ध भएका छन् ।

एभर्टनले ३२ वर्षीय नोर्गार्डसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । यद्यपी ट्रान्सफर रकम सार्वजनिक गरिएको छैन । बेलायती सञ्चारमाध्यमका अनुसार एभर्टनले उनको लागि करिब ७ मिलियन पाउन्ड खर्च गरेको छ ।

नोर्गार्ड गत वर्ष ब्रेन्टफोर्डबाट १५ मिलियन पाउन्डमा आर्सनल पुगेका थिए । उनले आर्सनलका लागि सबै प्रतियोगितामा २० खेल खेले पनि प्रिमियर लिगमा भने सात खेलमा मात्र अवसर पाएका थिए ।

गत सिजन आर्सनलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।

एभर्टनले यसअघि यसै ट्रान्सफर विन्डोमा मिडल्सब्रोबाट हेडन ह्याक्नी र चेल्सीबाट युवा विङ्गर टाइरिक जर्जलाई पनि अनुबन्ध गरिसकेको छ ।

एभर्टनका प्रशिक्षक डेभिड मोयससँगको कुराकानीपछि क्लबको योजनाबाट प्रभावित भएको बताउँदै नोर्गार्डले टोली सही दिशामा अघि बढिरहेको महसुस भएको प्रतिक्रिया दिएका छन् ।

नोर्गार्डले यसअघि ब्रेन्टफोर्डमा छ वर्ष बिताउँदै १९६ खेल खेलेका थिए । उनी त्यहाँ टोलीका कप्तानसमेत रहेका थिए ।

एभर्टनले नयाँ प्रिमियर लिग सिजन अगस्ट २२ मा घरेलु मैदानमा क्रिस्टल प्यालेसविरुद्धको खेलबाट सुरु गर्नेछ ।

क्रिस्टियन नोर्गार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय