News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
- बुधबार आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी र भुर्तेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
- नेपाल टेलिकमले भुर्तेलसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
नेपाल टेलिकमले बुधबार आयोजित एक कार्यक्रमबीच कम्पनीकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र भुर्तेलबीच ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौता भएको जनाएको छ ।
टेलिकमले सामाजिक सञ्जालमार्फत भुर्तेललाई नेपाल टेलिकम परिवारमा स्वागत गर्दै क्रिकेट मैदानमा उनको उत्साह अब नेपाल टेलिकमसँग पनि जोडिएको उल्लेख गरेको छ ।
नेपाल टेलिकमले राष्ट्रको सञ्चार सेवाप्रदायक संस्थाका रूपमा भुर्तेलसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
सन् २०२१ मा नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका भुर्तेल त्यसयता ओडीआई र टी-२०आई दुवै टोलीका नियमित सदस्य रहँदै आएका छन् ।
प्रतिक्रिया 4