+

टप एन्ड टी-२० सिरिजमा यस्तो छ नेपालको खेलतालिका

२०८३ साउन  २० गते १२:१४ २०८३ साउन २० गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा हुने एनटी टप एन्ड टी–२० सिरिजका लागि नेपालले खेल्ने ६ खेलको खेलतालिका सार्वजनिक भएको छ।
  • नेपालले अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ।
  • नेपाल क्रिकेट संघले प्रतियोगिताका लागि टोलीको घोषणा गर्न बाँकी रहेको छ।

२० साउन, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी–२० सिरिजका लागि खेलतालिका सार्वजनिक भएको छ ।

अगस्ट २१ देखि ३० सम्म डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग खेल्नेछ । त्यसपछि अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसबेला नेपालले ६ खेल खेल्दा दुई खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टोली घोषणा गर्न बाँकी रहेको छ ।

त्यसबेला एसीसी प्रिमियर कप पनि हुने चर्चा भइरहँदा नेपालले दुई प्रतियोगिताका लागि दुई फरक टोली घोषणा गर्ने सम्भावना छ ।

नेपालको खेल तालिका:

अगस्ट २१ – एनटी स्ट्राइक विरुद्ध नेपाल
अगस्ट २२ – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ – नेपाल विरुद्ध हरिकेन्स
अगस्ट २६ – नेपाल विरुद्ध एसीटी कमेट्स
अगस्ट २७ – नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ – नेपाल विरुद्ध भिक्टोरिया

टप एन्ड टी-२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय