News Summary
Generated by OK AI. Editorially reviewed.- मदन भण्डारी स्पोर्ट्स एकेडेमीले असोज १२ देखि १७ गतेसम्म रुपन्देहीमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
- अध्यक्ष ध्रुव आचार्यले भने, 'विदेशीसहित ८ टोलीलाई सहभागिता गराउने हाम्रो योजना छ ।'
- प्रतियोगिताको विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुनेले १ लाख ७५ हजार र सान्त्वनाले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
२१ साउन, काठमाडौं । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आउँदो असोज १२ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विदेशी टोलीको पनि सहभागिता रहने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । ‘प्रतियोगितामा सहभागिताका लागि विदेशी टोलीलाई पनि पत्राचार गरेका छौं । विदेशीसहित ८ टोलीलाई सहभागिता गराउने हाम्रो योजना छ,’ उनले भने ।
प्रतियोगिताको विजेता हुने टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही ८ हजार र सर्वाेत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । खेल एफआईभीबीको नियमअनुसार खेलाइने छ । प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया 4