+
+
Shares

धर्म गौतमले ल्याए पुस्तक ‘बीपी र विद्रोहका ती दिन’

बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्‌ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्‌— इलामका धर्म गौतम । यो पुस्तक कांग्रेसको सशस्त्र विद्रोहको दस्तावेज हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामका धर्म गौतमले पञ्चायती व्यवस्थाविरुद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको कथा समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक सार्वजनिक गरेका छन्।
  • किताब पब्लिसर्सकी सिइओ कल्पना ढकालका अनुसार पुस्तकमा गौतमले आफ्ना व्यक्तिगत र राजनीतिक संस्मरणहरूलाई मुख्य रूपमा समावेश गरेका छन्।
  • २०२९ सालमा भारत निर्वासनमा गएका गौतम सशस्त्र संघर्षका क्रममा हातहतियारसहित पक्राउ परेका थिए भने स्वदेश फर्कने क्रममा पनि चार वर्ष बन्दी जीवन बिताएका थिए।

२२ साउन, काठमाडौं । पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको कथा समेटेर इलामका धर्म गौतमले ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक ल्याएका छन् ।

बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्‌ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्‌— इलामका धर्म गौतम ।

उनले आफ्ना व्यक्तिगत र राजनीतिक संस्मरणहरूलाई पुस्तकमा समेटेको प्रकाशक किताब पब्लिसर्सकी सिइओ कल्पना ढकालले जानकारी दिइन् ।

गौतम २०२९ सालमा भारत निर्वासनमा गएदेखि नै बीपी कोइरालाको सान्निध्य पाएका थिए । बीपीले पञ्चायती व्यवस्थाको अन्त्यका लागि आह्वान गरेको सशस्त्र संघर्षमा सामेल भएका थिए । त्यसै क्रममा भारतको पूर्णियामा हातहतियारसहित पक्राउ परेका थिए । र, बीपीकै निर्देशनमा २०३३ कात्तिक मास्वदेश फर्कने क्रममा पक्राउ परेर करिब चार वर्ष बन्दी जीवन बिताएका थिए ।

गौतमले इलामबाट सुरु भएको राजनीतिक यात्रा कसरी भारतको नक्सलबारी, बनारस, बिहार हुँदै काठमाडौंसम्म तन्केको थियो भन्नेबारेमा त्यसबेलाका घटनाक्रम उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?