News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको संस्थापन इतर समूहलाई अविलम्ब राष्ट्रिय भेला घोषणा गरी नयाँ संगठन निर्माणको प्रक्रियामा जुट्न आह्वान गर्नुभएको छ ।
- बस्नेतले भन्नुभयो, 'अब एकताको कुरा गरेर काम छैन, आजै भेला घोषणा गर्ने, पार्टी बनाउने र देशभरि समानान्तर भ्रातृ संगठन गठन गर्नुपर्छ ।'
- नेता बस्नेतले गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई सति जान दिन नहुने भन्दै बलियो पार्टी निर्माणमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले आजै राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन् ।
४४ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्ने क्रममा नेता बस्नेतले अब एकताको कुरा गरेर नहुने बताए ।
‘उहाँहरू भदौ २ बाट वडा अधिवेशनमा लाग्ने रे । हामी एकता एकता भनेर बसेर काम छैन,’ उनले भने, ‘अब ठ्याक्क आज घोषणा गर्ने, अनि पार्टी बनाउने । देशभरि मनपरि भातृ संगठन बनेको छ, भटाभट प्यारालल संगठन हान्ने । महिला, विद्यार्थी सबैलाई अघि बढाउने ।’
गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई सति जान दिन नहुने उनको भनाइ थियो ।
‘हामीले भनेका छौं, सातवटा प्रदेशको प्रदेश भेला पनि हामी हामी बसेर गर्नुपर्छ भनेका हौं । त्यसपछि लगत्तै केन्द्रीय भेला गर्ने भनेको हो, त्यो केही ढिलासुस्ती भएको छ । आज केन्द्रीय भेलाको घोषणा हुनुपर्छ । केन्द्रीय भेलाबाट छिनोफानो गर्नुपर्छ,’ उनले भने, ‘पार्टी फुटाउने होइन, पार्टी बनाउने हो । अर्को पार्टी बनाउने हो । गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई सति जान दिने होइन । कमजोर पार्टीको नेता बन्ने होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्ने हुन्छ ।’
प्रतिक्रिया 4