+
+
Shares

मोहन बस्नेतको प्रस्ताव- मिति तोकेर एकतामा लागौं, नभए महाधिवेशनमा जाऔं

‘विशेष महाधिवेशन आफ्नै खुसीले गरेका होइनन्, सहयोगीले सजिलै छोड्नेवाला छैन’

‘साउन महिनाभित्र अन्तिम निर्णय गर्नपर्छ । यो मेरो प्रस्ताव हो । खुट्टा कमाउने काम नेतृत्वले गर्नु हुन्न । एकताका लागि डेट तोकेर लागौं । हुँदैन भने महाधिवेशनको डेट तोकौं,’ बस्नेतले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १६:०५

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकमा पूर्व केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले नगरेको दाबी गरेका छन् । मंगलबार इतर समूहले खोलेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा बस्नेतले यस्तो बताएका हुन् ।

‘विशेष महाधिवेशन आफ्नै खुसीले गरेका होइनन् । कसैको सहयोगमा गरेका हुन्,’ उनले भने, ‘उनीहरूलाई सहयोगीले सजिलै छोड्नेवाला पनि छैनन् ।’

इतर पक्षका नेताको अनुहार विशेष महाधिवेशन पक्षधरहरूले हेर्न पनि नरुचाउने उनले बताए । ‘किन कि ह्युमलेट फिल गर्छन् । महाधिवेशन हारेकाहरू केन्द्रीय सदस्य पदाधिकारी छन्,’ उनले भने ।

उनले इतर पक्षका नेताहरूलाई सभापति गगन थापाबाहेक अरुसँग वार्ता नगर्न पनि सुझाव दिए । ‘हामी जति लचिलो हुनुपर्ने हो भइसक्यौं,’ उनले भने ।

अब साउन १५ भित्र राष्ट्रिय भेला गर्नुपर्ने उनले बताए । ‘साउन महिनाभित्र अन्तिम निर्णय गर्नपर्छ । यो मेरो प्रस्ताव हो । खुट्टा कमाउने काम नेतृत्वले गर्नु हुन्न । एकताका लागि डेट तोकेर लागौं । हुँदैन भने महाधिवेशनको डेट तोकौं,’ बस्नेतले भने ।

शीर्ष नेताहरूले अप्ठेरोमा लड्नुपर्छ भन्ने सिकाएले अब उनीहरूले यो अवस्थामा लड्नुपर्ने बताए ।  ‘मेरो विनम्रताको साथ अनुरोध छ, साउन १५ गते भन्दा उता जान पाउनुहुन्न । अभियान तपाईँले सुरु गर्नुभएको छ, पूरा गर्नुस् हामी पछाडि लागेका छौं,’ उनले भने, ‘माइन्ड मेकअप गरेर अघि बढ्नुपर्छ । आजै राष्ट्रिय भेलाको मिति तोकौं । साथीहरू तल कुरेर बस्नु भएको छ ।’

सम्पर्क कार्यालय सञ्चालनका के–के गर्नुपर्छ सबै आफू तयार रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?