+
+
Shares

चुनदेवीमा कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु, के-के विषयमा हुँदैछ छलफल ? 

इतर समूहले समानान्तर रूपमा १५ औं महाधिवेशनको तयारी समेत गरेको छ । त्यसको सम्भावनाबारे पनि नेता विश्वकर्माले संकेत गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १५:१३

२३ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक चुनदेवीमा सुरु भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले सोमबार चुनदेवीमा सम्पर्क कार्यालय खोलेका थिए ।

सोही सम्पर्क कार्यालयमा मंगलबार(आज) बस्ने भनिएको बैठक सुरु भएको हो । बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी सुरु भएको हो ।

आजको बैठकले साउन ६ गतेको बीपी स्मृति दिवस मनाउन स्थान र कार्यतालिका तोक्ने लगायतका छलफल गर्ने बताइएको छ ।

यसअघि हिजोको बैठकपछि नेता मीन विश्वकर्माले पार्टी एकताको सम्भावना र बीपी स्मृति दिवसबारे आजको बैठकबाट निर्णय लिने बताएका थिए ।

‘एकताको प्रयास कहाँसम्म पुगेको छ र अब एकताका बारेमा हामी के गर्ने ? पहिलो प्रस्ताव यही हुन्छ,’ नेता विश्वकर्माले भनेका थिए, ‘दोस्रो कुरा साउन ६ गते बीपी स्मृति दिवस छ । यो सम्पर्क कार्यालयबाट गरिने कार्यहरू मध्येमा ऐतिहासिक रूपमा बीपी स्मृति दिवस काठमाडौंमा मनाउने छौं । त्यसको मिति कन्फर्म छ । स्थान र कार्यतालिका भोलिको बैठकले तय गर्ने छ ।’

यस्तै, इतर समूहले समानान्तर रूपमा १५ औं महाधिवेशनको तयारी समेत गरेको छ । त्यसको सम्भावनाबारे पनि नेता विश्वकर्माले संकेत गरेका थिए ।

‘१५ औं महाधिवेशनको कार्यतालिका र महाधिवेशनमा यो सम्पर्क कार्यालयबाट हुने गतिविधिहरू कसरी अगाडि बढ्छन् भन्ने बारेमा पनि भोलि निष्कर्ष निकालिने छ । निर्णय गरिने छ,’ उनले भनेका थिए ।

देउवा समूहका नेताको यो बैठकको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?