+
+
Shares

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले गरे एक लाख सहयोग, लिए छोरीलाई पढाउने जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरी ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
  • बस्नेतले मृतक नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्मको शिक्षाका लागि आवश्यक सबै सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
  • राहदानी विभागनजिकै आत्मदाहको प्रयास गरेका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् ।

बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाई दिने घोषणा पनि गरेका छन् ।

‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक लाख रुपैयाँ म तरुन्त व्यवस्था गरेको छु । उक्त रकम मैले केहीबेरअघि उहाँको आमालाई भेटेर दिएको छु,’ बस्नेतले भने ।

छोरीलाई स्नातकसम्म पढाउनका लागि आवश्यक पर्ने सबै गर्ने पनि उनले अनलाइनखबरलाई बताए ।

गतबिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले उनको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?