+
+
Shares

गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा न्यायको माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
  • प्रदर्शनकारीले सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रधानमन्त्री तथा रास्वपा सभापति विरुद्ध नाराबाजी गरिरहेका छन् ।
  • पीडित पक्षले शव नबुझेपछि मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ र वार्तामा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

२७ असार, काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।

शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् ।

अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?