News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव वीर अस्पतालमा फ्रिज नभएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ ।
- उपचारका क्रममा मृत्यु भएका नेपालीको शव परिवारले सहमति नभएका कारण हालसम्म बुझेका छैनन् ।
- सरकार र पीडित परिवारबीच हिजो भएको अनौपचारिक वार्ता बिनानिष्कर्ष टुङ्गिएकाले आज पुनः वार्ता गर्ने तयारी भइरहेको छ ।
२७ असार, काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति १० बजेतिर शिक्षण अस्पताल पठाइएको हो ।
सहमति नभएकोले उनको शव परिवारले बुझेका छैनन् । त्यसैले शव सुरक्षित राख्नु पर्ने भएकोले राति नै शिक्षण अस्पताल पठाइएको वीर अस्पतालमा सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए ।
वीर अस्पतालमा मर्चरी चेन (शवलाई सुरक्षित राख्ने फ्रिज) नभएका कारण शव शिक्षण अस्पताल पठाइएको सूचना अधिकारी बुढाथोकीले बताए ।
सरकारले गणेशका आफन्तसँग शुक्रबार अनौपचारिक वार्ता गरेको थियो तर कुनै निष्कर्ष निस्किएन । आज थप वार्ता गर्ने तयारी छ ।
आफन्ले सरकारको ज्यादतीका कारण गणेशले आत्मदाह गरेको भन्दै आन्दोलन थालेका छन् । गणेशले बिहीबार काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका हुन् ।
प्रतिक्रिया 4