+
+
Shares

गणेश नेपालीको परिवारसँग सरकारी टोलीको वार्ता जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते २१:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारी टोलीले वीर अस्पतालमा वार्ता थालेको छ ।
  • मृतकका आफन्तले न्यायको माग गर्दै दिनभर प्रदर्शन गरेपछि सरकार र पीडित परिवारबीच छलफल अघि बढेको हो ।
  • छलफलमा गृहमन्त्री र प्रधानमन्त्रीको सचिवालयका सदस्यसहित गृह मन्त्रालयका कर्मचारी र मृतकका परिवारका सदस्य सहभागी छन् ।

२६ असार, काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले वार्ता थालेको छ ।

अहिले वीर अस्पतालमा परिवारसँग सरकारी टोलीले वार्ता गरिरहेको हो ।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका नेपालीले आत्मदाह प्रयास गरेका थिए । उनको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

मृतकका परिवार/आफन्तले नेपालीको न्यायका लागि दिनभर प्रदर्शन गरे ।

गृहमन्त्री सुधन गुरुङका सचिवालय सदस्य अनिल बानियाँ, प्रधानमन्त्रीको सचिवालय सदस्य, गृह मन्त्रालयका केही कर्मचारी, र प्रधानमन्त्री कार्यालयका सचिव मृतकको तर्फबाट दाजु र परिवारका सदस्यहरू वार्तामा सहभागी भएका छन् ।

परिवारले शव बुझेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?