+
+
Shares

गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउने कांग्रेस नेता बस्नेतको घोषणा, तत्काल एक लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता मोहन बस्नेतले आत्मदाह गरेका मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गर्नुभएको छ ।
  • बस्नेतले गणेशको परिवारलाई घर व्यवहार र पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
  • राहदानी विभागनजिकै आत्मदाहको प्रयास गरेका गणेशको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् ।

कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा उनले आत्मदाह गरेका गणेशकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका हुन् ।

नेता बस्नेतले गणेशको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि घोषणा गरेका छन् ।

‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक् लाख रुपैयाँ म तरुन्त व्यवस्था गरिदिन्छु,’ उनले भने, ‘र त्यो बच्चालाई काठमाडौं महानगरपालिकाले के गर्छ थहा छैन । सुनिताजी ( सुनिता डंगोल) को कार्यकाल पछि भोलि अर्कोले गर्छ गर्दैन थाहा छैन । त्यसकारण यो बच्चाको सुरक्षाका लागि, लामो पढाइका लागि स्नातकसम्म निशुल्क पढाई दिने व्यवस्थाका लागि म पहल गरिदिन्छु । यो काम गरिदिन्छु । यो पनि म यहाँ घोषणा गर्न चाहन्छु ।’

गणेशको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो । उनले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका थिए ।

कार्यक्रममा नेता बस्नेतले तीन वर्ष अघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानलाई पनि नि:शुल्क अध्ययनको व्यवस्था मिलाएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?